लेटाङको एक घरमा चट्याङ पर्दा भैँसी मर्यो, २ लाखको क्षति

विहीबार, ०४ बैशाख २०८२
विराटनगर । मोरङको लेटाङस्थित एउटा घरमा चट्याङ पर्दा २ लाख बराबरको क्षति भएको छ । आज ९बिहीबार० बिहान परेको चट्याङले लागेर एउटा भैँसी मरेको छ । प्रहरीका अनुसार लेटाङ नगरपालिका–५ खेरुवाकी कौशीला सुवेदीको पक्की घरमा बिहान करिब ९ बजेतिर चट्याङ परेको हो । चट्याङले लागेर सुवेदीले पालेको ब्याउने भैँसी मरेको छ । चट्याङले घरमा रहेको बिजुलीको मिटर बक्स र घरको भित्ताहरुमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार घटनामा करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार