रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा परियार

विहीबार, ०४ बैशाख २०८२
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रादेशिक र जिल्ला कमिटीहरुलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश इन्चार्ज तोकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् । मधेस प्रदेशको इन्चार्जमा मनिष झा, बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् । त्यस्तै गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार