घाँटीमा मासु अड्किँदा रतुवामाईमा माझीको मृत्यु

शनिबार, ०२ बैशाख २०८०
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ मा शुक्रबार साँझ घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बंगुरको मासु निल्ने क्रममा घाँटीमा अड्किएर रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो । पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए । उपचारका क्रममा साँझ ७ः५० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार