श्रीमतीलाई विवाहकै दिन जीवन बीमा उपहार

बुधबार, १० बैशाख २०८२

 झापा : झापाका भिम खनालले आफ्नी दुलही कोपिला खतिवडालाई विवाहकै दिन ५ लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

यो बीमा पोलिसी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाबाट जारी गरिएको "समृद्ध सावधिक जीवन बीमा" योजना अन्तर्गतको हो। खनाल यसै इन्स्योरेन्स कम्पनीमा मार्केटिङ म्यानेजरको रूपमा काम गर्छन्।

उनका अनुसार विवाहमा नगद वा जिन्सी सामानको सट्टा जीवन बीमा उपहार दिनु दीर्घकालीन बचत र सुरक्षा दिन प्रेरणादायी हुन्छ। शाखा प्रमुख नानीबाबु आचार्यले पनि यस्तो उपहारले जीवनभर उपयोग हुने र सुरक्षित भविष्यको लागि प्रेरणा दिने बताए।

बीमा क्षेत्रका अग्रज तथा आफन्तहरुको उपस्थितिमा खनालले उक्त पोलिसी हस्तान्तरण गरेका थिए। उनले इलामकी कोपिला खतिवडासँग विवाह गरेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार