इलाम : इलामको माई नगरपालिका वडा ४ सिंजालीटारमा ज्वाइँले जेठी सासूको हत्या गरेका छन् ।
धारिलो हतियार प्रहार गरी ५२ वर्षीया भूमिका चापागाईँको ज्वाइँले हत्या गरेका हुन् । शुक्रवार साँझ ७ बजे छिमेकीकोमा दूध लिन जाँदै गरेकी चापागाईँलाई माई ४ शुक्रबारे घर भई सिंजाली कार्कीटार बस्दै आएका बहिनीका श्रीमान् शान्तिराम दुलालले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईँलाई उपचारका लागि माई अस्पताल हुँदै वि एण्ड सी अस्पताल बिर्तामोड पुर्याएको भए पनि गए राती मृत्यु भएको बताइएको छ ।
दुलाल सँग उनी श्रीमती गीता चापागाईँको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना जिल्ला अदालत परिसरमा जेठी सासू मृतक भूमिका माथि विवाद भएको जनाइएको छ ।
जेठी सासूले अभद्र व्यवहार भएको भन्दै दुलाल विरुद्ध मुद्दा दायर गरेकी थिइन्। प्रहरीले दुलाललाई फरार सूचिमा राखेर खोजी गरिरहेको थियो । दुलालले प्रतिसोधका आधारमा भूमिकाको हत्या गरेको हुन सक्ने बत्ताइएको छ। हत्या आरोपित दुलाललाई नियन्त्रणमा लिएको छ ।
मृतक चापागाईँको शव वि एण्ड सी अस्पताल बिर्तामोडमा रहेको छ ।
प्रतिक्रिया