काठमाडौंमा शिक्षक र प्रहरीबीच झडप

आइतबार, १४ बैशाख २०८२

काठमाडौं : काठमाडौंमा आइतबार शिक्षक र प्रहरीबीच झडप भएको छ।

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि ढुंगामुढा गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। झडपका क्रममा केही शिक्षकहरू घाइते भएका छन्।

विभिन्न माग राख्दै देशभरका सरकारी शिक्षकहरू अहिले काठमाडौंमा आन्दोलनमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार