काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन्।
बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
घाइते भएका शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ। शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार गम्भीर घाइते भएकालाई ट्रमा सेन्टर लैजाने तयारी भइरहेको छ। अहिले सिभिल अस्पतालमा प्राथमिक उपचार भइरहेको र अवस्था जटिल भएका केहीलाई ट्रमा केन्द्र लैजाने तयारी भइरहेको उनले जानकारी दिएका छन्।
बानेश्वर क्षेत्रमा भएको झडपका क्रममा १५ भन्दा बढी शिक्षक घाइते भएका छन् भने घाइतेहरूको विवरण संकलन भइरहेको छ। गत २० चैतदेखि शिक्षकहरूले विभिन्न माग राखेर आन्दोलन गर्दै आएका छन्।
प्रतिक्रिया