प्रहरीसँग झडप भए पछि शिक्षक महासङ्घले बोलायो आकस्मिक बैठक

आइतबार, १४ बैशाख २०८२

काठमाडौँ । नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासङ्घले आकस्मिक बैठक बोलाएको छ । 

विगत चैत २० देखी जारी रहेको शान्तिपूर्ण काठमाडौँ केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासङ्घले आकस्मिक बैठक बोलाएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

निषेधित क्षेत्र तोड्न खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथि पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।

 सो क्रममा प्रहरीले अहिलेसम्म एक जना शिक्षकलाई पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौँ शिक्षक घाइते भएका छन् ।   

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार