पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते

सोमबार, १५ बैशाख २०८२

काठमाडौं : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ मा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०:१० बजे असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा परी रैनादेवी छहरा गाउँपालिका-१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका कारण र घाइतेहरुको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार