काठमाडौं : विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन्।
संगठनले नेपाल शिक्षक महासंघले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि भएको सहमतिलाई अस्वीकार गरेको हो । तिवारी र योगीले आन्दोलनको २९ औं दिनपछि हिजो सरकार र महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
उनले उक्त सहमतिप्रति पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरे । थप कार्यक्रम समीक्षा बैठकपश्चात् सार्वजनिक गरिने समेत संगठनले जनाएको छ।
प्रतिक्रिया