हाडनाता करणी मुद्दाका दोषी दाजु–भाइ धरानबाट पक्राउ

आइतबार, १५ असार २०८२

विराटनगर : सुनसरीको धरानमा हाडनाता करणी अभियोगमा फरार रहेका दुई जना दाजु–भाइ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरूलाई शनिबार घर वरपरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान निवासी राई थरका ४० वर्षीय दाजु र ३० वर्षीय भाइ रहेका छन्। दुवै जना आफन्त महिलामाथि करणी अभियोगमा अदालतबाट दोषी ठहर भई कैद र जरिवानाको सजाय पाएका थिए। तर, फैसला कार्यान्वयन हुनुअघि उनीहरू फरार भएका थिए।

धरानका इन्स्पेक्टर कोमल ठाकुरका अनुसार यो घटनामा अनौठो संयोग देखिएको छ — पीडित र पीडक एउटै परिवारभित्रका हुन्। पीडित दुवै जनाका भाउजू र बुहारी पर्ने महिला हुन्। घटनाका मिति, स्थान, जाहेरी र मुद्दा छुट्टाछुट्टै भए पनि अदालतले फैसला एउटै दिन सुनाएको थियो।

सुनसरी जिल्ला अदालतले २०८१ पुस ९ गते दुवै अभियुक्तलाई समान सजाय — जनही १० वर्ष ७ महिना २ दिन कैद र ४० हजार रुपैयाँ जरिवाना — सुनाएको थियो।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पक्राउ परेका दुवैजनालाई अदालतमा पेश गरिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार