झापा : जिल्ला झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थित नेपाल–भारत सिमाना नजिक प्रहरीले लागु औषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल बिओपी कुञ्जिबारीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालक, झापा कमल गाउँपालिका-५ बस्ने ३१ वर्षीय धनेस सहनीले हेलमेटभित्र प्लास्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर जस्तो लागु औषध फेला परेको थियो।
फेला परेको पदार्थको वजन ६ ग्राम १६ मिली ग्राम रहेको प्रहरीले जानकारी दिएको छ। घटना स्थलबाट मोटरसाइकल र आरोपीलाई नियन्त्रणमा लिएर इप्रका झिलझिलेमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया