लहान : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले स्व. प्रदीप गिरीको योगदानकालागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन् ।
समाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।
स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भने, ‘स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो ।’
उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, ‘विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए ।
वहाँको अभाव आज पनि मुलुकमा खड्कीको रूपमा खडा छ ।’ मन्त्री खड्काले प्रदीप गिरीको योगदानलाई मुलुकका लागि अमूल्य भन्दै, ‘नेपाली जनतालाई रैतीबाट जनता बनाउन स्व. प्रदीप गिरीको ठूलो योगदान थियो,’ उनले भने।
वर्तमान सरकारको संरचना र उद्देश्यमाथि कुरा गर्दै मन्त्री खड्काले भने, ‘तथ्यको आधारमा, स्थायी सरकार नबनेसम्म मुलुकको विकास असम्भव छ ।
जनताको चाहनामा आधारित वर्तमान सरकार गठन गरिएको हो र यो सरकार आगामी निर्वाचनसम्म दुई दलकै बिचमा सञ्चालित हुनेछ ।’ उनले सरकारको प्राथमिकता जनताको समस्याहरूको समाधानमा केन्द्रित रहेको पनि बताए ।
सिँचाइ र कृषिमा महत्त्वपूर्ण कदमहरूका बारेमा मन्तव्य राख्दै, मन्त्री खड्काले मधेश प्रदेशको वडा स्तरीय दाता सङ्कलनको पहल र सिँचाइ व्यवस्थापनको लागि सरकारले ठोस कदम उठाइरहेको जानकारी दिए ।
प्रतिक्रिया