वासिङ्टन–डिसी : आफ्नै ६ वर्षीया छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोपमा अमेरिकी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड सूचीमा रहेको लिन्डी रोड्रिग्ज सिंह भारतबाट पक्राउ परेकी छन्।
एफबीआई निर्देशक काश पटेलले बिहीबार जानकारी दिँदै भनिन्, सिन्डीले आफ्नो ठेगानाबारे झुट बोलेर भारत भागेकी थिइन्। भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा सिन्डीलाई २० अगस्ट २०२५ मा हिरासतमा लिइएको थियो र तत्कालै अमेरिका फिर्ता पठाइयो।
लिन्डी रोड्रिग्जको पक्राउ पछिल्लो ७ महिनामा मोस्ट वान्टेड सूचीमा रहेका चौथो फरार व्यक्तिको गिरफ्तारी हो। उनले नोएललाई आफ्नो जैविक पितासँग मेक्सिकोमा रहेको बताउने प्रयास गरेकी थिइन्, तर बच्चा भारतमा कहीँ पनि भेटिएन।
टेक्ससका अधिकारीहरूले नोभेम्बर २०२३ मा सिन्डीविरुद्ध पक्राउ वारेन्ट जारी गरेका थिए भने जुलाई २०२५ मा उनलाई एफबीआईको मोस्ट वान्टेड सूचीमा समावेश गरिएको थियो।
सिन्डीको जन्म १९८५ मा डलास, टेक्ससमा भएको थियो र उनी भारत तथा मेक्सिकोसँग पनि सम्बन्धित रहेकी थिइन्। अमेरिका पुगेपछि उनलाई टेक्ससका अधिकारीहरूलाई सुम्पेर हत्या र अन्य आरोपमा कानुनी कारबाही गरिने छ।
एफबीआईका जो रोथ्रोकले भने, “नोएलको बेपत्ता र हत्याको मामला हामी सबैको हृदयमा छ। मोस्ट वान्टेड सूची मार्फत हामी विश्वभरिबाट सिन्डीको बारेमा जानकारी मागिरहेका थियौँ, र अन्ततः उनलाई पक्राउ गर्न सफल भयौँ।”
प्रतिक्रिया