पाटन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वभर रहेका नेपाली नागरिकलाई पार्टीको विभिन्न तहमा आबद्ध गराएर समृद्धि हासिल गर्ने पार्टीको नीति रहेको बताएका छन् ।
नेपाली कांग्रेसको ‘नेपाली जनसम्पर्क समिति समन्वय विभाग’द्वारा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘प्रवासमा नेपाली ः सरकारको दायित्व र जनसम्पर्क समितिको भूमिका’ विषयक अन्तरक्रियामा उपसभापति खड्काले विगतका कमजोरीलाई स्वीकार गर्दै सुधारेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
“असन्तुष्टिलाई सम्बोधन गरेर काम गर्छौँ, यसले सृजनात्मक भावना पैदा गर्छ, नकारात्मकताले निराशातिर लैजान्छ, निराशा हैन, असन्तुष्टिलाई स्वीकार गर्दै सम्बोधन गरेर समायोजन गरी समृद्धि हासिल गर्न लाग्नुपर्छ, स्थायित्वको अभियान अगाडि बढाउनुपर्छ । कहाँकहाँ कमजोरी छन्, कहाँकहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ काम गर्छौँ, संविधान संशोधन गर्छौँ, समृद्ध बनाउँछौँ”, उनले भने ।
उपसभापति खड्काले कांग्रेसको नेतृत्वमा आएको संविधानले परिकल्पना गरेको समानुपातिक, समावेशी, लोकतान्त्रिक व्यवस्था, गणतान्त्रिक पद्धतिलाई जोगाएर देशलाई समृद्ध बनाउने उल्लेख गरेका छन् ।
प्रतिक्रिया