कोशीमा उद्धव थापा लक्षित इन्द्र आङ्वोको कटाक्ष : मिलेर खानुहोस्

मंगलबार, ०६ जेठ २०८२

इटहरी : कोशी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर  आङ्वोले कांग्रेस संसदीय दलका नेता उद्धव थापा लक्षित कटाक्ष गरेका छन् । 

मङ्गलवारको नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले थापाले गत आइतबार संसदमा राखेका कुराहरूप्रति कटाक्ष गर्दै भने, ‘८४ सम्म आलोपालो नै भनेको सुनेको छु । ठिक छ मिलेर खानुहोस् ।’

आइतबारको बैठकमा आङ्वोले सरकार एकलौटी ढङ्गले मन्त्री र मुख्यमन्त्रीको क्षेत्रमा विपतको समेत पैसा लगेको तफ सरकारकारलाई प्रश्न गरेका थिए । 

‘मन्त्री तथा मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट प्रस्तुत गरेर सरकारले सार्वजनिक वित्तमा लुटपाट गरेको छ ।’ उनले विपतमा छुटाएको पैसा खोटाङ ओखलढुङ्गा मात्रै पुगेको भन्दै बजेट आफ्नो क्षेत्रमा लैंजदा पनि मन्त्रीलाई  नै जनताले लखेटेको बताएका थिए । 

लगत्तै बोलेका कांग्रेस संसदीय दलका नेता थापाले कांग्रेस एमालेको सरकार बन्नुभन्दा पहिले कांग्रेसलाई कस्तो गरेको थियो भन्दै आंङ्वोको प्रश्नमाथि प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि मङ्गलवारको बैठकमा क्रममा आङवोले वर्तमान सरकारलाई आफ्नो प्रश्न रहेको उल्लेख गरेका भोली को हुने भन्नेतर्फ आफूहरूको कुनै प्रश्न नरहेको समेत जनाएका हुन् । 

‘हामीले पर्खेर बसेको मुख्यमन्त्री र मन्त्रीहरूको लागि नभई अहिलेको सरकारका कामहरूका सन्दर्भमा जवाफ यो सरकारले दिनुपर्दछ ।’ उनले भने । सांसदले भोली हुनेवाला नदेख्ने बताउँदै स्टिल गर्भमेन्टका बारेमा प्रश्न हुने दाबी गरेका हुन् ।
कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार रहेको छ । कांग्रेसको समेत समर्थन पाएको सरकारमा विपक्षी रहेको माओवादी आक्रामक देखिएको छ ।

प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार