स्वतः नवीकरण सुविधा सहित एनसेलले ल्यायो तीन नयाँ साप्ताहिक 'प्याक'

मंगलबार, ०६ जेठ २०८२

काठमाडौं : एनसेल आजियाटाले आफ्ना प्रिपेड प्रयोगकर्ताहरूका लागि तीन नयाँ बजेटमैत्री साप्ताहिक प्याकहरू सार्वजनिक गरेको छ। यी प्याकहरू ग्राहकहरूको आवाज, डेटा तथा एसएमएस सेवा आवश्यकतालाई मध्यनजर गर्दै सस्तो र सहज बनाउन ल्याइएका हुन्।

ज्येष्ठ ६ गतेदेखि लागु भएका प्याकहरूमा “अल नेपाल भ्वाइस प्याक”, “सधैं अन प्याक” र “डेटा प्याक” समावेश छन्।

भ्वाइस सेवाको लागि रु ९९
‘अल नेपाल भ्वाइस प्याक’ मार्फत प्रयोगकर्ताले एनसेल र नेपाल टेलिकमका नेटवर्कहरूमा सात दिनसम्म अनलिमिटेड कल सुविधा करसहित मात्र रु ९९ मा प्राप्त गर्न सक्छन्।

भ्वाइस, डेटा र एसएमएस एउटै प्याकमा
बहुआयामिक सेवा चाहिने प्रयोगकर्ताका लागि एनसेलले 'सधैं अन प्याक' ल्याएको छ, जसमा रु ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ वटा एसएमएसको सुविधा समावेश छ।

डाटा हेभी प्रयोगकर्तालाई रु १५० मा १० जीबी
केवल इन्टरनेट प्रयोग गर्ने ग्राहकका लागि ‘डेटा प्याक’ उपलब्ध छ, जसमा रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म उपभोग गर्न सकिनेछ।

प्रत्येक सात दिनमा स्वचालित नवीकरण
यी प्याकहरूको विशेषता भनेकै हरेक सात दिनमा स्वतः नवीकरण हुने व्यवस्था हो, जसले प्रयोगकर्तालाई बारम्बार प्याक खरिद गर्नुपर्ने झन्झटबाट मुक्त बनाउनेछ। प्याक नवीकरणका लागि ग्राहकको मोबाइल खातामा आवश्यक ब्यालेन्स हुनु पर्नेछ।

एनसेलका अनुसार, यी प्याकहरूमार्फत प्रयोगकर्ताहरूलाई अझ सहज, झन्झटरहित र लागत प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार