काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् ।
गत माघ २ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतले गरेको उक्त आदेशविरुद्ध लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।
प्रतिक्रिया