अनलाइन जुवा खेल्ने आमा छोरी झापाबाट पक्राउ

बुधबार, ०७ जेठ २०८२

झापा : अनलाइन सट्टाबाजी (अनलाइन जुवा) मा संलग्न रहेको आरोपमा झापा जिल्लाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित एकै परिवारका आमा छोरी प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा २०८२ साल जेठ ७ गते राति करिब २:३० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले ४१ वर्षीया इन्दिरा प्रसाई, उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाईलाई पाँच थान मोबाइल, दुई थान ट्याब र एक थान ल्यापटपसहित घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरिएको छ। हाल उनीहरू इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार