झापा र इलाममा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

शनिबार, १० जेठ २०८२

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई किशोरो बलात्कृत भएकी छन्।

झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

शंकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई कन्काई नगरपालिका-८ लक्ष्मीपुरबाट पक्राउ गरेको हो।

यस्तै इलाममा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ छयारछयारे बस्ने ३२ वर्षीय गोबिन्द बिष्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गोबिन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार