भट्टराईद्वारा जन्मदिनको अवसरमा ५१ हजारसहित विभिन्न सामाजिक कार्यमा सहयोग

शनिबार, १० जेठ २०८२

झापा : बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा ५१ हजार रुपैयाँ प्रदान गरेका छन्। संघको कार्यालयमा आयोजित कार्यक्रममा उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

संघका विशिष्ठ सदस्यसमेत रहेका भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग गरेका हुन्। उनले कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म प्रत्येक वर्ष जन्मदिनमा सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा श्रीमती सुमित्रासहित उपस्थित भट्टराईले कोषमा रकम थपिंदै गएको र व्यवसायी हितमा संघले काम गरिरहेको बताए।

भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्षसमेत हुन्। उनी विभिन्न सामाजिक र व्यवसायिक संस्थामा समेत संलग्न छन्। कोषमा सहयोग पुर्‍याएको योगदानको कदरस्वरूप भट्टराईलाई संघले कदरपत्रसहित सम्मान गरेको छ।

यसै क्रममा भट्टराईले सामाजिक संस्था ूस्वच्छ समाजका लागि सामाजिक अभियानू लाई पनि जन्मदिनकै अवसरमा २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

अभियान झापाको अर्जुनधारा–११ मा गरिब, असहाय र दिनदुःखीका लागि आश्रम निर्माण गर्दैछ, जसका लागि दुई कठ्ठा सातधुर जग्गा खरिद गरिसकिएको छ। भट्टराईले अभियानलाई थप ७० हजार रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

त्यसैगरी, बिर्तामोड–५ का वोनम्यारो पीडित बालक उज्ज्वल ठाकुरलाई पनि भट्टराईले घरमै पुगेर २५ हजार नगद तथा चामल, तेल, चिउरा लगायत सामग्री प्रदान गरेका छन्। चार वर्षीय उज्ज्वल विगत चार वर्षदेखि बोनम्यारो क्यान्सर पीडित छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको छ।

भट्टराईले जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी सामाजिक कार्यमा खर्चिएको बताए। यसअघि पनि उनले आफ्नो तथा परिवारका सदस्यहरूको जन्मदिनमा विभिन्न असहाय, अशक्त र गरिब वर्गलाई सहयोग गर्दै आएका छन्।

WhatsApp Image 2025-05-24 at 21.13.41 (2)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार