इटहरीको माया घरमा राखिएकी महिलाको मृत्यु

मंगलबार, १२ चैत्र २०८१

इटहरी : इटहरी उपमहानगरपालिका–२ स्थित माया घरमा आश्रय लिइरहेकी एक महिलाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिकाले २०७१ चैत ४ गते अन्दाजी २५-३० वर्षकी पूजा आस्था नाम बताउने, मानसिक सन्तुलन अस्थिर भएकी महिलालाई वेवारिसे अवस्थामा फेला पारी माया घरमा राखेको थियो।

हिजो (सोमबार) बिहान करिब ७:२१ बजे उनको मृत्यु भएको जानकारी सामुदायिक प्रहरी बिट हवाईचौक, सुनसरीमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल सुरक्षित राखी अनुसन्धान अगाडि बढाइएको छ।

कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा टोली परिचालित भएको छ।

प्रहरीका अनुसार प्रारम्भिक प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार