न्यायाधीशहरूमाथि अभद्र टिप्पणीप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण, सबै पक्षलाई संवेदनशील रहन आदेश

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौं : सर्वोच्च अदालतले रवि लामिछानेको  फैसलाको सिलसिलामा उच्च अदालतका न्यायाधीशहरूमाथि सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममा गरिएको लाञ्छनापूर्ण र अशोभनीय टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। अदालतले सो विषयमा उपस्थित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको भूमिकालाई पनि उल्लेख गर्दै यस्तो प्रवृत्तिले न्याय सम्पादन प्रक्रियामा अवाञ्छित असर पार्न सक्ने चेतावनी दिएको हो।

इजलासले स्पष्ट पारेको छ कि अदालतका आदेश र फैसलामाथि स्वच्छ, रचनात्मक र आलोचनात्मक टिप्पणीहरू सधैं स्वागतयोग्य हुन्छन्। तर, नियोजित ढंगले न्यायाधीशहरूको मानमर्दन गर्ने, जनमानसमा भ्रम फैलाउने र न्याय प्रणालीप्रति अविश्वास सिर्जना गर्ने किसिमका क्रियाकलापले गम्भीर नकारात्मक असर पार्ने भएकाले त्यसप्रति सबै पक्ष संवेदनशील रहनू पर्ने आवश्यकता औंल्याइएको छ।

सर्वोच्चले सबै सम्बद्ध पक्षहरूलाई यस्ता गतिविधिबाट टाढा रहन र विधिको शासनप्रति प्रतिबद्ध हुन स्पष्ट निर्देश समेत दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार