अमेरिका : अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा सानो विमान कुहिरोका कारण दुर्घटनाग्रस्त भएको छ।
दुर्घटना मर्फी क्यान्यनको आवासीय क्षेत्रमा भएको हुँदा कम्तीमा करिब १५ घरमा आगलागी फैलिएको छ।
यसले नजिकैका घर र कारहरूमा व्यापक क्षति पुर्याएको छ। स्थानीय बासिन्दाहरूले आफ्नो सुरक्षाका लागि घर खाली गर्न बाध्य भएका छन्।
आपतकालीन सेवा दलहरूले घटनास्थलमा राहत र नियन्त्रणका लागि काम गरिरहेका छन्।
प्रतिक्रिया