‘कहिल्यै आफैंले चामल किन्नु परेन’ भन्दा विवादमा तानिएपछि कृषिमन्त्रीले दिए राजीनामा

बुधबार, ०७ जेठ २०८२

टोकियो । जापानका कृषिमन्त्री ताकु इटोलाई चामलको मूल्य वृद्धिको सन्दर्भमा दिएको टिप्पणी विवादमा तानिएपछि पदबाट राजीनामा दिएका छन्।

समर्थकहरूबाट उपहार स्वरूप चामल प्राप्त गर्ने भएकाले आफूले कहिल्यै चामल किन्नु नपरेको उनको टिप्पणीले ठूलो विवाद निम्त्याएको थियो। यो राजीनामाले प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब बढाएको छ, जसको प्रशासनले बढ्दो खाद्य मूल्य र जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि जीवनयापनको बढ्दो लागतलाई नियन्त्रण गर्न नसकेको भन्दै आलोचना खेपिरहेको छ।

“मैले भर्खरै प्रधानमन्त्री इशिबालाई आफ्नो राजीनामा बुझाएँ,” इटोले प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूसँग भने।

इटोको टिप्पणीले बढ्दो खाद्य लागतसँग जुझिरहेको देशमा आक्रोश फैलाएको थियो। यसअघि, उनले यस वर्षको सुरुमा सरकारले मूल्य स्थिर गर्नका लागि आपतकालीन भण्डारबाट करिब ३००,००० टन चामल जारी गरेपछि उपभोक्ताहरूले महसुस गरेको “कठिनाइ” प्रति सहानुभूति व्यक्त गरेका थिए। तर, गत साता एक कोष सङ्कलन कार्यक्रममा बोल्दै इटोले भनेका थिए, “मैले कहिल्यै आफैंले चामल किन्नु परेन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गर्छन् कि म त्यसलाई बेच्न पनि सक्छु।”

यो विवादास्पद टिप्पणीलाई धेरैले असंवेदनशील र सामान्य नागरिकको संघर्षबाट विमुख भएको रूपमा हेरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार