सिरहा । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गोलबजारपालिका ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका सञ्चालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गोल बजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा शाहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहीबार राती पक्राउ गरेको हो ।
करिब २ वर्ष अगाडी माँ धमिनी एग्रो राईस मिलका सञ्चालक महेश साह (कोकवा) मिल मै काम गर्ने एक जना कामदारलाई जबरजस्ती करणी आरोपमा पक्राउ परेको थियो। साहले करोडौँको चलखेल गरी उक्त मुद्दामा सफाइ पाएका थिए।
साहमाथी फागुन २७ गते नै जबरजस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनले भने, साह लुकिछिपी बस्दै आएका थिए।
प्रहरी देखेपछि भाग्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोल बजार- ४ सात पत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘जबरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।'
प्रतिक्रिया