भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

मंगलबार, ०६ जेठ २०८२

भारत ।  मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजेटिभ बिरामीको मृत्यु भएको छ।

तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरूले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मिर्गौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड सङ्क्रमित भने थिए ।

यसैबिच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्यान्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको सङ्ख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो सङ्ख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरी देखि हङकङमा ८१ केसहरू सामुन्ने आएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्यान्डमा पनि अलर्ट जारी गरिएको छ ।

यद्यपि यहाँ बिरामीको सङ्ख्याबारे भने केही जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार