काठमाडौँ : नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले शाहलाई एआईजी पदका लागि सिफारिस गरेको हो।
हालका एआईजी लालमणि आचार्यको सेवा अवधि जेठ १० गते सकिने भएपछि रिक्त हुने पद पूर्तिका लागि शाहको नाम सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
उमेर हदका कारण आचार्य अवकाशमा जाने भएका हुन्।
प्रतिक्रिया