माईजोगमाई–२ मा टोल–टोलमा घुम्ती सेवा सिविर सञ्चालन

मंगलबार, ०६ जेठ २०८२

इलाम :माईजोगमाई गाउँपालिका–२ ले टोलस्तरीय घुम्ती सेवा सिविर सञ्चालनमा ल्याएको छ। भौगोलिक रूपले टाढा रहेका तथा वडाको कार्यालयमा सेवा लिन आउन कठिन हुने नागरिकहरूलाई लक्षित गर्दै सेवा सहज बनाउन सिविर सञ्चालन गरिएको हो।

वडा अध्यक्ष डम्बर बहादुर सुवेदीका अनुसार, सिविरको उद्देश्य दुर्गम बस्तीका जनतासम्म सरकारी सेवा पुर्‍याउनु हो। उनले भने, ूसमान पहुँच र सेवा वितरण सुनिश्चित गर्न टोल–टोलमै सेवा पुर्‍याउने पहल सुरु गरेका छौं।ू

सिविरमार्फत जन्म, मृत्यु, बसाइँसराइ दर्ता, नागरिकता प्रतिलिपि वा नयाँ नागरिकता आवेदन, सामाजिक सुरक्षा भत्ता दर्ता तथा वडाबाट प्रदान गरिने सिफारिसलगायत सबै सेवा उपलब्ध गराइँदै आएको वडा कार्यालयका कर्मचारी अरुण अधिकारीले जानकारी दिए।

माईजोगमाई–२ मा ९ वटा टोल रहेका छन्। हरेक टोलको भौगोलिक अवस्था र पहुँचका आधारमा कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीय बासिन्दा वसन्त थामीका अनुसार, वडामा सेवा लिन आउन कठिन भएका धेरै नागरिकले सिविरमार्फत सहजै सेवा पाएका छन्।

सिविर कार्यक्रम जेठ ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। विशेष गरी मेघमा र तुम्लिङ क्षेत्रमा रहेका होटल व्यवसायी तथा बासिन्दाहरूलाई कर दायरा भित्र ल्याउन र मौसमी कठिनाइका कारण सेवा लिन नसक्नेहरूलाई सेवा पुर्‍याउन सिविर उपयोगी भएको वडाध्यक्ष सुवेदीले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार