काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिुभुवन विमानस्थलको अध्यागमन विभागमा छापा हान्नु अगावै गृह मन्त्रालयले ९ कर्मचारीको सरुवा गरेको खुलेको छ ।
अख्तियारले बुधबार छापा हानेको थियो भने मंगलबार त्यहाँका अध्यागमन प्रमुख रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ९ जना कर्मचारीको सरुवा गरिएको पाइएको हो ।
गृह मन्त्रालयबाट प्राप्त सरुवा गरिएका कर्मचारीहरुको विवरण अनुसार अध्यागमन प्रमुख रहेका सहसचिव भट्टराईसहित नायब सुब्बा प्रेम प्रसाद पौडेल,विरभद्र जोशी लगायत रहेका छन् ।
सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकको निर्णयबाट र अन्यलाई भने कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव छवि रिजालको निर्णयबाट सरुवा गरिएका हुन् ।
प्रतिक्रिया