काठमाडौं : दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ ।
दक्षिण एसियाली किसान महासङ्घले हालै काठमाडौँमा आयोजना गरेको सम्मेलनका घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा तिर्न नसकी पेसाबाटै पलायन हुने अवस्था आएको बताइयो ।
हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले जानकारी दिए ।
रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा पनि आठै देशका किसान प्रतिनिधिले जोड दिएका त्यस अवसरमा जानकारी दिइयो ।
दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ ।
सम्मेलन चैत ७ र ८ गते काठमाडौंमा सम्पन्न भएको थियो । सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया