झापा : जबरजस्ती करणी गरी १७ वर्षीया युवतीलाई ८ महिनाको गर्भ बोकाउने आरोपमा झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ्कर राजवंशी पक्राउ परेका छन्।
कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
राजवंशीले गत असोज २४ गते बिहान ४स्३० बजेदेखि राति ९ बजेसम्म भद्रपुरस्थित बेग्लो होटेलमा युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
युवती घरमै सिकिस्त अवस्थामा भेटिएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरेको छ ।
पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि शुक्रवार राजवंशीलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया