भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज

सोमबार, १२ जेठ २०८२

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे निर्णय गर्न सोमबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका छन्। देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्नेगरी तय गरिएको बैठकबारे कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका हुन्।

बैठकको मुख्य एजेन्डा गृहमन्त्री लेखकमाथि देखिएको विवादपछि कांग्रेसको धारणा तय गर्नु रहेको एक पदाधिकारीले जानकारी दिए। ती पदाधिकारीले भने, “मुख्य विषय गृहमन्त्रीज्यू मुछिएपछि अब पार्टीको धारणा के बनाउने भन्ने हो। बैठकमा अन्य विषय पनि उठ्न सक्छन्।”

बैठकमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी जानकारीसमेत गराइनेछ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले यसबारे ब्रिफिङ दिनेछन्। मुख्यसचिव पौडेलका अनुसार थापाले सदस्यता नवीकरणको हालको अवस्थाबारे पनि पदाधिकारीलाई जानकारी गराउनेछन्।

गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको कार्यालयमा छापा मारेको थियो। सो क्रममा भट्टराईका विद्युतीय उपकरणहरू जफत गरिएपछि अनुसन्धानको सुई गृहमन्त्री लेखकसम्म पुगेको आशंका बढेको हो।

यस घटनापछि कांग्रेसभित्र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कि नदिनुपर्ने भन्ने विषयमा विभिन्न मत देखिएका छन्। अब पदाधिकारी बैठकले यस विषयमा पार्टीको आधिकारिक धारणा बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार