प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेको आग्रह- संसदको गतिरोध छिटो हटाउनुस्

आइतबार, २५ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 

सभामुख घिमिरेले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिएका थिए । 

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार