बसको ठक्करले परिवारका तीनजनाको मृत्यु

बुधबार, ०६ बैशाख २०८०
महोत्तरी । महोत्तरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनजनाको मृत्यु भएको छ । रामनगरबाट गौशाला जाने क्रममा मधेस प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरतर्फ आउँदै गरेको बा.३ख २३९६ नम्बरको बसले आज (बुधबार) दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) दिलीपकुमार गिरीका अनुसार मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनका २४ वर्षीया पत्नी अञ्जु मण्डल र ६ वर्षीया भतिजी अन्सु मण्डल छन् । ठक्कर दिने बस चालक फरार छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार