कार्यक्रममा बोल्दै प्रा. डा. दिवाकर रेग्मीले कलेजले कक्षागत अध्ययन अध्यापनका साथमा कला, साहित्य, संस्कृतिलाई प्राथमिकतामा राख्ने गरेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै विज्ञापन बोर्डका सदस्य एवम प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले पठन पाठनमा व्यवहारिक शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै अध्ययन सँगै सिप सिक्न आवश्यक रहेको उल्लेख गरे । कलेजले समय समयमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्नु प्रशंसनिय रहेको अधिकारीको भनाई थियो ।
एडुटेक कलेजका अध्यक्ष चिरञ्जीवी तिम्सिनाले आँफूहरूले कलेजमा सीपयुक्त शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार उक्त इभेन्टमा अडिसनबाट छानिएर आएका विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
तिम्सिनाका अनुसार कलेज गायन प्रतियोगितामा खगेन्द्र राज पोखरेलले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने करुणा कट्वालले दोस्रो स्थान हासिल गर्न सफल भएकी छन् । यस प्रतियोगितामा ५ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । यता कलेज नृत्य प्रतियोगितामा भुपाल थामी प्रथम भएका छन् भने सिसमा राइले द्धित्तिय स्थान हासिल गरेकी छन् । यता अन्तर कलेज नृत्य प्रतियोगितामा भने मेर्डन प्रिपिरेटोरी इङ्लिस बोर्डिङ स्कुलकी झर्ना खत्रीले प्रथम स्थान हासिल गर्दा कविर माध्यामीक विद्यालयका डोमा शेर्पा दोस्रो भएकी छन् । यता अन्तर कलेज गायन प्रतियोगितामा समता स्कुलकी सुष्मीता कार्कीले प्रथम स्थान हासिल गर्दा ज्योति माध्यामिक विद्यालयका लोहन बस्नेतले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
गायन तर्फको निर्णायकमा लोकप्रिय गायक बद्री पङ्गेनी र गायिका उर्मीला राई रहेका थिए भने नृत्य तर्फको निर्णायकमा छमछमी सिजन २ मा तेस्रो स्थान हासिल गर्न सफल सुरेष राई र सन्क फेसन डान्स सेन्टरका प्रमुख सागर राई रहेका थिए ।
प्रतिक्रिया