वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अड्किएर रहेको नागरिकता बिधेयक छिट्टै प्रमाणिकरण हुने बताएका छन्।
बाराको महागढीमाई नगरपालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नागरिकता बिधेयक प्रमाणिकरण गराउन आफूहरु लागिपरेकोले छिट्टै बिधेयक प्रमाणिकरण हुने जानकारी दिए।
नागरिकतासमबन्धी देश र मधेस भरि समस्या भएकाले त्यसलाई गम्भीरतापूर्बक लिएर प्रमाणिकरण गर्ने कार्यमा लागेको उनले बताए।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नागरिकता बिधेयक पारित गरेर राष्ट्रपतिकहाँ पठाए पनि राष्ट्रपतिले प्रमाणिकरण नगर्दा नागरिकतासमबन्धी समस्या समाधान हुन नसकेको प्रचण्डको जिकिर थियो।
उनले अहिलेका राष्ट्रपति बिधेयक अड्काउने नभई टुंग्याउने ब्यक्ति भएकोले अड्किएर रहेको बिधेयक छिट्टै प्रमाणिकरण हुने बिश्वास ब्यक्त गरे।
‘नागरिकता देश र मधेसभरिको समस्या हो यसलाई हामीले गम्भीरतापूर्बक लिएर यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाएका थियौ, तर राष्ट्रपतिले प्रमाणिकरण गर्नुभएन,’ उनले भने, ‘अहिलेका राष्ट्रपति अडकाउने होइन टुंग्याउने किसिमका हुनुहुन्छ त्यसैले बिधेयक चाँडै प्रमाणिकरण हुन्छ ।’
मधेसको बिकासको लागि उपेन्द्र यादवको संसदमा खाँचो भएकोले बारा–२ का जनतासित यादवलाई मत दिन प्रचण्डले आग्रह गरेका थिए।
गठबन्धनमा उपराष्ट्रपति माओबादीको भागमा परे पनि आफूले नै जसपाको लागि भनेर उक्त पद छाडेको चुनावी सभामा उनले जानकारी दिए।
यादवले जिते पाँच दलीय गठबन्धनले मात्र नभई देशको लोकतान्त्रिक गणतन्त्र,हिमाल,पहाड तराईले जित्ने दाबी गर्दै प्रचण्डले लडाईको मैदानबाट जन्मिएको पाँच दलीय गठबन्धनकै कारणले ठुलो दुर्घटनामा पर्नबाट बचेको दाबी गरे।
गढीमाईलाईै अन्र्तराष्टिय स्तरको धार्मिक पर्यटकी स्थलको रुपमा बिकास गर्नको लागि गढीमाई बिकास कोष स्थापना गरे अघि बढ्ने उनको भनाइ थियो।
तराईमा भएको कृषिको आधुनिकिरण, मल, बिउ र सिँचाइको समस्या समाधान गर्ने उद्देशयले मधेसमा बिधुतीय सिँचाईको कुरा अघि बढाउन जरुरी रहेको प्रचण्डको कथन थियो।
आफू अहिले तेस्रो पटक पधानमन्त्री भएको बेलामा देशमा बिस्तारै सुधार हुँदै रेमिटयान्स र बिदेशी मुदा्रको सञ्चिती बढेको दाबी उनको थियो ।प्रधानमन्त्री प्रचण्डले अहिले देशमा ११ महिनाको लागि पुग्ने बिदेशी मुद्राको सञ्चिती रहेको खुलासा गरे।
वैशाख १० गते हुन गईरहेको उपनिर्बाचनमा बारा–२ मा पाँच दलीय गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनलाई सहयोग गर्न गठबन्धनका शीर्ष नेता बिहीबार बाराको महगढीमाई नगरपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका छन्।
प्रतिक्रिया