मधेस प्रदेशको सरकार कुनै पनि बेला परिवर्तन हुनसक्छ : मन्त्री कुशवाह

विहीबार, ०७ बैशाख २०८०
काठमाडौँ । मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताएका छन् । बिहीबार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताए । मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचनपछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताए । उनले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्ने कामबारे जानकारी दिन खोजेको बताए । उनले मन्त्रालयको कृषि उपजलाई बजारीकरण गर्न पालिकास्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताए । उनले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको बताए । रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिकटन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै उनले देशमा मधेस प्रदेशमा १ लाख ५० हजार मेट्रिकटन रसायनिक मल पाउने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार