शिक्षामन्त्री महावीर पुन भन्छन्- अब मन्त्रालयमै ओछ्यान लगाउने

सोमबार, ०६ असोज २०८२

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपतिसमक्ष शपथ लिएसँगै उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणअघि उनले अपर्झट मन्त्री बनेको र आफूलाई कुनै सेवा सुविधा नचाहिने, मन्त्रालयमै ओछ्यान लगाउनेअभिव्यक्ति दिएका थिए ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन  गरेको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार