विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजे

विहीबार, १६ असोज २०८२

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत बिहान ११ः५३ बजे रहेको जनाएको छ।

टीका पूर्वतर्फ फर्केर लगाउनुपर्ने उल्लेख गरिएको छ।

समितिका अनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे तय गरिएको छ।

विजया दशमीको दिन बिहानै देवी विसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा रहिआएको छ।

यसै दिन अपराह्न १२ः१९ बजे श्री तुलाजात्रा सुरु हुने र अपराह्न १ः४९ बजे स्थिरासन दिवस तथा खड्ग जात्रा सञ्चालन हुने जानकारी समितिले दिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालको हस्ताक्षरमा जारी सूचनामा यस वर्षको दशैंमा देवी विसर्जनदेखि टीका–जमरा ग्रहणसम्मका सम्पूर्ण धार्मिक कर्मकाण्ड शुभसाइतमा गर्न सकिने उल्लेख गरिएको छ।

dashain

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार