सप्तकोशीमा पानीको बहाव उच्च बिन्दुमा, ३ लाख ३५ हजार क्यूसेक पुगेपछि ५० ढोका खोलियो

आइतबार, १९ असोज २०८२

सुनसरी – सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च स्तरमा पुगेको छ।

कोशी ब्यारेजमा गरिएको मापनअनुसार कोशीमा प्रति सेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पानी बगिरहेको छ। आज बिहान ८ बजे गरिएको मापन अनुसार सप्तकोसीमा पानीको सतह निरन्तर बढ्दै गएको छ।

अहिले कोशी ब्यारेजका ५० वटा ढोका खोलिएका छन्। सप्तकोसीमा पानीको बहाव बढेपनि अहिलेसम्म कटान भने भएको छैन, जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार