कोशीमा वर्षासँगैको विपद् : सप्तकोशीमा सबै ५६ ढोका खुला

आइतबार, १९ असोज २०८२

विराटनगर : लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ ।

ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ ।

सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायमै छ ।

यससँगै उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुनसरी, मोरङ र झापा सहितका तराई भेगहरूमा नदीहरूको बहाव बढेसँगै डुवानको स्थिति सिर्जना भएको छ । प्रहरीका अनुसार धेरै स्थानमा आवागमन अवरुद्ध भएको छ भने जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार