अविरल वर्षापछि देशभर ४३ जनाको मृत्यु, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाए

आइतबार, १९ असोज २०८२

इलाम :  शुक्रबारदेखिको निरन्तरको वर्षातपछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने संख्या ४३ पुगेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुने संख्या ह्वात्तै बढेको हो। 

आइतबार २ बजेसम्मको अद्यावधिक विवरणअनुसार इलाममा मात्र पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। त्यसैगरी पाँचथरमा १, खोटाङमा खोलाले बगाएर १, उदयपुरमा १, रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्राधिकरणले उल्लेख गरेको छ। 

यता रसुवामा खोलाले बगाएर ४ जना तथा इलामा पहिरोमा १ जना गरी ५ जना बेपत्ता छन् भने घाइते संख्या १२ छ। इलाममा ४ जना, पाँचथरमा १, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ जनासहित १२ जना घाइते भएका छन्। 

इलामको माङसेबुङ १ बाट दुई जनाको हेलि उद्धार समेत गरिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार