राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल

विहीबार, २० कार्तिक २०८२

काठमाडौँ : नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ।

पौडेललाई बुधवारदेखि लागू हुने गरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो।

विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरिवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन्।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार