उपनिर्वाचन: बारा- २ मा मतगणना सुरु

सोमबार, ११ बैशाख २०८०
वीरगञ्ज । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ। आज बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि केही ढिला गरी मतगणना सुरु भएको हो। जनमत पार्टीले मतपेटिका सिल तोडिएको भन्दै विरोध गरेपछि सुरु नहुँदै मतगणना केही समय रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो। यो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पूर्वमन्त्री पुरुषाेत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार छन्। यी चार जनाबीच मुख्य प्रतिस्पर्धा छ। यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार