राउटे बस्तीमा पसेर युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

शनिबार, २५ असोज २०८२

सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुर्व्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् ।

शुक्रवार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ ।

मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुर्व्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए ।

राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार