दमक हत्या प्रकरण, तीन जना पक्राउ

शनिबार, २५ असोज २०८२

झापा । झापाको दमक–७ स्थित पशुहाटमा शुक्रबार एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार भएको देखिएको छ । अन्दाजी ५० वर्ष उमेरका पुरुषको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित अस्पताल पठाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार शुक्रबार राति नियन्त्रणमा लिइएका ती व्यक्तिहरूको नाम गोप्य राखिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिमामा राखिएको छ । घटनाको प्रकृति र कारण खुलाउन प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार