ओली बिरामी भएपछि बैठक स्थगित

शनिबार, २५ असोज २०८२
तस्बिर : फाइल

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको हो । 

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज ओलीले आराम गरी  भोलि बैठक निरन्तर रहने छ ।  गौतमका अनुसार बैठक आइतबार बस्ने छ। बैठक शुक्रबार पनि भुक्तपुर गु्ण्डुस्थित ओली निवासमा बसेको थियो।

शुक्रबारको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, वरिष्ठ उपाध्यक्ष ई्श्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा र विष्णु पौडेलले पनि पार्टी पुनर्गठनको विषयलाई उठाएका थिए। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार