झापा । झापाको भद्रपुर नगरपालिका–३ भैसावारीस्थित मेची खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् । स्थानीयवासीले शनिबार बिहान खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय भद्रपुरका अनुसार मृतक पहाडे मूलको जस्तो देखिने व्यक्ति हुन्, तर हालसम्म उनको परिचय खुलेको छैन । प्रारम्भिक रूपमा शवमा कुनै बाह्य चोटपटक नदेखिएको भए पनि मृत्युको कारण स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शवलाई परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया