बारा : १८४९६ मतसहित उपेन्द्र यादवको अग्रता

मंगलबार, १२ बैशाख २०८०
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । साँझ ५:०५ बजेसम्मको गणनाअनुसार यादवले १८ हजार ४९६ मत प्राप्त गरेका छन् । जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले १४ हजार १७४ मत ल्याएका छन् । कुशवाहालाई यादवले ४ हजार ३२२ मतान्तरले पछि पारेका छन् । त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ५ हजार ५१४ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार १९६ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उक्त निर्वाचनमा यादवले कुशवाहालाई पराजित गरेका थिए । यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार